२०८४ को निर्वाचनमा गोरखा २ बाट बाबुरामले उम्मेदवारी दिने

काठमाडौँ । आगामी २०८४ को प्रतिनिधिसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने भएका छन् । भट्टराईको निर्वाचन क्षेत्र साबिक २ बाट भट्टराईले २०६४ बाट निर्वाचन जित्दै आएका थिए । तर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छोडेका थिए ।
पार्टीभित्र कुनै सल्लाह नगरी प्रचण्डलाई निर्वाचन क्षेत्र छोडेकोमा भट्टराई निकट नेताहरू असन्तुष्ट थिए । निर्वाचनपछि पार्टी एकता गर्ने सर्तमा नेसपाका उम्मेदवारहरू माओवादीको चुनाव चिन्ह प्रयोग गरेका थिए । तर निर्वाचनपछि प्रचण्ड र भट्टराईको सम्बन्ध चिसिएको छ ।
गोरखा २ मा मतदाताहरूको सल्लाह बमोजिम फेरि भट्टराईले उम्मेदवारी दिन स्वीकार गरेको उनका राजनीतिक सहयोगी तथा नेसपा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।
‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ’, उनले लेखेका छन् ।
चार वर्षपछि प्रचण्ड गोरखा २ मा निरन्तरता दिन्छ कि दिँदैनन् कुनै टुंगो नभए पनि भट्टराईले अहिले देखि नै चुनौती दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक