बैंकको महँगो गाडी निजी बनाउने क्रम सुरु, अवकाशपछि गभर्नरसहित उच्च पदस्थको पालो

काठमाडौँ । नेपाल राष्ट्र बैकले खरिद गरेको सवारी साधन निजी स्वामित्वमा हस्तान्तरण गर्न थालिएको छ । हालसम्म स्वामित्व हस्तान्तरण गरी एक जना कार्यकारी निर्देशक (अवकास)ले सवारी साधन लगेको बैंकका निर्देशक एवं सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले रातोपाटीलाई उपलब्ध गराएको लिखित सूचनामा जनाइएको छ ।
कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) लाई उपलब्ध गराइने सवारी साधन सुविधा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम स्वामित्व हस्तान्तरण भएको बैंकले जनाएको छ ।
यसरी स्वामित्व हस्तान्तरण भएको सवारी साधन ७१ लाख ५० हजार रुपैयाँमा खरिद गरिएको बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको रेकर्डले देखाउँछ ।
यसैगरी गभर्नर महा प्रसाद अधिकारीका लागि एक करोड ७८ लाख र दुई डेपुटी गभर्नरलाई एक करोड ४३ लाख रुपैयाँको एक–एक थान हाइबिड गाडी खरिद गरी बैंकले उपयोग गर्न दिएको छ ।
१८ कार्यकारी निर्देशकका लागि जनही ७१ लाख ५० हजार रुपैयाँ सीमामा विद्युतीय/हाइबिड गाडीहरू खरिद गरिएको पोखरेलले दिएको सूचनामा उल्लेख छ ।
सञ्चालक समितिको निर्णय तथा कार्यविधि, २०७८ को अधीनमा रही गभर्नर र डेपुटी गभर्नरहरूलाई सवारी साधनको सुविधा उपलब्ध गराइएको पोखरेलले जानकारी दिएका छन् ।
‘साथै, उपरोक्त कार्यविधिहरू अनुरूप बैंकका गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशक अवकाश भएपछि निजहरूको स्वामित्वमा हस्तान्तरण हुने व्यवस्था रहेको’ रातोपाटीलाई उपलब्ध सूचनामा उल्लेख छ ।
अधिवक्ता कुमार मगर र भरत कार्कीले गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई विनियम बनाई सेवा दिन सकिने नेपाल राष्ट्र बैंक ऐनको प्रावधान विपरित कार्यविधिमार्फत सवारी सुविधा दिइएकोले सो खारेज गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको निवेदन विचाराधीन छ ।
यसअघि रातोपाटीले ऐन विपरित गाडी सुविधाबारे समाचार प्रकाशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग
-
क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
-
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित
-
गायक सुजनको साथमा पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ हुने
-
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड
-
चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण