केनको ह्याट्रिकमा बायर्नद्वारा विपक्षीको पोस्टमा ८ गोल

म्युनिख । ह्यारी केनको ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले माइन्जमाथि शानदार जीत हासिल गरेको छ । शनिबार राति भएको खेलमा बायर्न ८–१ को विशाल अन्तरले विजयी बनेको हो ।
केनले खेलको १३ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफमा एक–एक गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । बुन्डेस लिगाका २५ खेलमा उनले आफ्नो गोल सङ्ख्या ३० पुर्याएका छन् । केन आफ्नो डेब्यू सिजनमा चारवटा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
बायर्नको जीतमा लियोन गोरटेज्काले दुई तथा थोमस मुलर, जमाल मुसियाला र सर्जी ग्नाब्रीले एक–एक गोल गरे । माइन्जका लागि नदिम अमिरीले सान्त्वना गोल गरे ।
बायर्न लगातार १२ औँ पटक लिग उपाधि जित्ने प्रयासमा छ । तर, यो सिजन ज्याबी ओलोन्सोको बायर लेभरक्युजनले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा पकड बनाएको छ । आजको जीतपछि पनि बायर्न लेभरक्युजनभन्दा ७ अङ्कले पछि छ । जबकि लेभरक्युजनले एक खेल कम खेलेको छ ।
२५ खेलपछि बायर्नको ५७ अङ्क छ । २४ खेलबाट लेभरक्युजनले ६४ अङ्क बटुलेको छ । माइन्ज १६ अङ्कसहित रेलिगेजन क्षेत्रमा रहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ