अर्थमन्त्री पुनले किन डाके पूर्व अर्थमन्त्री र पार्टीका अर्थ विभाग प्रमुखहरू ?

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आइतबार सिंहदरबारमा पूर्वअर्थमन्त्रीहरु र सत्ता गठबन्धन दलका अर्थ विभाग हेर्ने प्रमुख नेताहरुलाई बैठकमा डाकेका छन् । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेसँगै गत फागुन २१ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय जनता समाजवादी पार्टी (राजपा) समेतको चार दलीय नयाँ सत्ता समीकरण बनेको थियो । योसँगै सरकारको नेतृत्वकर्ता समेत रहेको नेकपा माओवादी केन्द्रको तर्फबाट पुनले अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए ।
फागुन २४ गते पदभार ग्रहण गरेका मन्त्री पुनले लगत्तै फागुन २७ गते आर्थिक क्षत्रसँग सम्बन्धित पूर्व अर्थमन्त्रीहरू र पार्टीका अर्थ विभाग हेर्ने नेता तथा प्रमुखहरूलाई छलफलमा बोलाएका हुन् ।
खासगरी अर्थमन्त्री पुनले सत्ता साझेदार गठबन्धनबिच आगामी नीति तथा कार्यक्रम, बजेटको तयारी र साझा धारणा तयार गर्न आवश्यक सल्लाह सुझाव दिन बैठक डाकिएको उनको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार