एडल्ट स्टार सोफिया लियोनीको मृत्यु

लस एन्जलस । अमेरिकी एडल्ट फिल्म स्टार सोफिया लियोनीको मृत्यु भएको छ । २६ वर्षको उमेरमा उनको मृत्यु भएको हो । एक हप्ता अघि नै अपार्टमेन्टमा उनी मृत भेटिएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । अभिनेत्रीको परिवारले फोन सम्पर्क गर्न खोज्दा कुनै जवाफ नआएपछि उनको सोधी खोजी गर्ने क्रममा अपार्टमेन्टमै मृत भेटिएको बताइएको छ ।
निधनको पुष्टि सोफियाका सौतेनी पिता माइक रोमेरोले गरेको छन् । मृत्यु कसरी भयो भन्नेबारे छानबिन चलिरहेको बताइएको छ । सोफियाले १८ वर्षको उमेरमा वयस्क मनोरञ्जन उद्योगमा काम गर्न थालेकी थिइन् ।
सोफिया गएको हप्ता सामाजिक सञ्जालमा सक्रिय थिइन् । उनले केही पोस्टहरू गरेको थिइन् । स्थानीय प्रहरीले उनको मृत्युको कारणबारे खोजबिन गरिरहेको बताइएको छ । यस अघि ३६ वर्षिया अभिनेत्री काग्नी लिले आत्महत्या गरेकी थिइन् । जनवरीमा जेसी जेन प्रेमी ब्रेट हसनमुलरसँगै मृत अवस्थामा भेटिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
-
मारक्रम र पुरन चम्किँदा लगातार जितिरहेको गुजरातको यात्रामा ब्रेक
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ ओटै जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
-
जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन