सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख २६ हजार पुग्यो
आइतबार, २७ फागुन २०८०, १० : ४३

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो साताको सोमबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
शुक्रवार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा आज थप १ हजार रुपैयाँले वृद्धि हुँदै १ लाख २६ हजार रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढ्दै १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने अघिल्लो हप्ताको मूल्यमा ५ रुपैयाँ बढ्दै आज प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई अदालतको झट्का : दुई भेनेजुएली नागिरकको देश निकालामा अस्थायी रोक
-
संक्रमणकालीन न्यायाबारे शीर्ष तीन दलबिच छलफल
-
आउने भए ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस, एलओडीमा पनि सहभागी हुने
-
राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे ‘लन्च मिटिङ’
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्