पोखरेली युवा सांस्कृतिक परिवारलाई १ लाख राशिको पुरस्कार

पोखरा । पोखरामा रहेको पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार प्रदान गरिएको छ । भैरव सांस्कृतिक संरक्षण समितिले सञ्चालन गर्दै आएको उक्त पुरस्कार यो वर्ष पोयुसापलाई प्रदान गरिएको हो । पुरस्कारको राशि १ लाख नगद छ ।
पोखराका मेयर धनराज आचार्यले पोयुसापका अध्यक्ष उपेन्द्र पौडेललाई पुरस्कार हस्तान्तरण गरे । आचार्यले पोयुसाप पोखराको ब्राण्ड रहेकाले यसको थप प्रचार आवश्यक रहेको बताए । ‘एक शताब्दीपुरुषको नाममा स्थापित पुरस्कार झण्डै आधा शताब्दी पुरानो संस्थालाई प्रदान गरिएको छ । यो खुसीको कुरा हो,’ उनले भने, ‘पोयुसापले पोखराको गरिमालाई उचो बनाएको छ ।’
२०५५ सालमा स्थापित उक्त पुरस्कार २०६३ देखि प्रत्येक ३ वर्षमा प्रदान गर्न थालिएको हो । यसअघि फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान र जगमान गुरुङ सम्मानित भइसकेका छन् । भैरव सांस्कृतिक संरक्षण समिति अध्यक्ष तीर्थमान प्रधानांगले पोखरालाई साहित्य, संस्कृति र कलाको राजधानी बनाउन पोयुसापले प्रशंसनीय कार्य गरेकाले पुरस्कार अर्पण गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस