पेनाल्टीको मद्दतले युनाइटेडको हारको शृङ्खला अन्त्य
शनिबार, २६ फागुन २०८०, २० : ५२

ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडले लगातार दुई खेलमा हारको शृङ्खला अन्त्य गर्दै एभर्टनलाई पराजित गरेको छ । युनाइटेड आफ्नो घरेलु मैदानमा २–० गोलले विजयी बनेको हो ।
युनाइटेडले दुवै गोल पहिलो हाफमा पेनाल्टीमार्फत गरेको थियो । अलेहान्द्रो ग्रानाचोलाई फल हानेपछि खेलको १२ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३६ औँ मिनेटमा रासफोर्डले पेनाल्टीबाट दोस्रो गोल गरे ।
खेलमा विपक्षीको पोस्टमा २० पटक प्रहार गरे पनि एभर्टनले गोल फर्काउन सकेन । दोस्रो हाफमा कुनै टोलीले गोल नगरेपछि खेल युनाइटेडले आफ्नो पक्षमा पार्न सफल भयो । जीतपछि २८ खेलबाट ४७ अङ्क बटुल्दै युनाइटेड प्रिमियर लिगको छैटौँ स्थानमा रहेको छ । एभर्टनले २५ अङ्कसहित रेलिगेसन जोनभन्दा २ स्थानमाथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
-
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
-
अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था
-
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने