सन्त नेता किशुनजीको जीवनबाट सबैले प्रेरणा लिनुपर्छ : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश पार्टी कार्यसमितिले निर्माण गर्न लागेको सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति भवनको आज शिलान्यास गर्दै उपसभापति खड्काले किसुनजीको आदर्श, निष्ठा, अनुशासन र आम नेपाली जनताप्रति समर्पित र अनुशासित हुने व्यवहारको अनुसरण गर्नुपर्ने बताउनुभएको उनको सचिवालयले जनाएको छ ।
“सामाजिक र राजनीतिक जीवनमा समर्पित भएका मानिसहरुको जीवनपद्धति कस्तो हुनुपर्दछ, उनीहरुको आचार र विचार कस्तो हुनुपर्दछ भन्ने कुरा पार्टीका संस्थापकमध्येका एक सन्त नेता किशुनजीबाट हामीले सिक्नु आवश्यक छ”, उनले भने । मुलुकको जिम्मेवारी लिँदा कसरी जनताप्रति समर्पित भएर काम गर्नु पर्दछ भन्ने अनुपम, अनुकरणीय उदाहरण किसुनजीले दिएर जानुभएको उनको भनाइ छ ।
उपसभापति खड्काले राजनीतिक जीवनको अधिकांश समय आफूले सन्त नेताकै शिक्षा दीक्षामा जोडिन पाएको खुसी व्यक्त गरे । “उहाँकै नाममा भवन निर्माणको सुरुवात गरेको छ”, उनले भने, “कर्णाली प्रदेशको सिङ्गो पार्टी सञ्चालन गर्न र जनताप्रतिको उत्तरदायी हुन यो शुभ अवसरले प्रेरणा दिनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना