शो नदिएको भन्दै देशभरका हलबाट उतारियो काँडेतार

काठमाडौँ । फागुन २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘काँडेतार’ लाई शनिबारदेखि प्रदर्शन नगर्ने निर्णय निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले गरेको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगर्ने निर्णय गरिएको निर्माता तथा निर्देशक नवल खड्काले जानकारी दिए ।
हिन्दी फिल्मलाई करिब ११५ वटा शो उपलब्ध गराइएपनि काँडेतारलाई मुस्किलले करिब २३ वटा शो दिइएको उनले बताए । अङ्ग्रेजी फिल्मलाई पनि करिब ७० वटा शो हल उपलब्ध गराइएको उनको भनाइ छ । ‘चलचित्र शोमा प्राइम टाइम अति महत्त्वपूर्ण मानिन्छ । यही समयमा दर्शकहरू चलचित्र हेर्न निस्कन्छन्। तर चलचित्र काँडेतारलाई यस्तो प्राइम टाइम उपलब्ध गराइएन। दुई अन्य चलचित्र प्रत्येकलाई करिब ८०/९० वटा शोहरू प्राइम टाइममा दिइएको छ। तर हाम्रो चलचित्र काँडेतारलाई मुस्किलले करिब २३ वटा शो दिइएको थियो । ती पनि बिहान ८,९ र १० बजेका अधिकांश शोहरू छन् । जुन समय दर्शकहरू दैनिक चर्याका कारण घरबाट निस्केर चलचित्र हेर्ने गर्दैनन्,’ उनले भने ।
चलचित्र हलहरूबाट शो दिइँदा प्राइम टाइममा गडबडी हुन्छ भन्ने आफूहरूको कल्पनाभन्दा बाहिरको कुरा भएको र अन्तिम घडीमा चाल पाइएको उनको भनाइ छ । ‘त्यसबेला हामीले काँडेतारको प्रदर्शन रोक्न सम्भव थिएन। त्यसैले हामीले संकेतिकरुपमा चलचित्र शो गर्ने र आजचाहिँ रोक्ने नै निर्णय गरेका छाैँ, जुन कुरा हामीले चलचित्र हलवालालाई हिजो नै जानकारी गराएका थियौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ‘नरसिंहा अवतार’ को गीत सार्वजनिक कार्यक्रम
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा
-
‘चमेलीको पोइ’ को छायाङ्कन सुरु
-
ज्ञानेन्द्र शाह राजा नै होइनन् : महन्थ ठाकुर
-
‘नरसिंहा: अवतार’ मा पुरानो हिट गीत ‘अच्छा लेकिन’ नयाँ स्वादमा
-
साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती