लागु औषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौँ । देश विभिन्न स्थानबाट लागु औषधसहित ६ जना पक्राउ परेको नेपाल प्रहरीले जानकारी दिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय दिनेश पुन समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-९ बाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ भानुचोक बस्ने २९ वर्षीय भरत चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता झापाको बुद्धशान्ति गाउँपालिका-४ टीमाईबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय टेकेन्द्र लिम्बु समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिलको ९० रनको योगदान, कोलकातालाई गुजरातले दियो १९९ रनको लक्ष्य
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित
-
गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सम्पन्न
-
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी
-
बागमती सरकारको नीति कार्यक्रम बनाउन ‘दलीय कार्यदल’ गठन
-
‘सगरमाथा संवाद’ पूर्व कार्यक्रमको टोली थामेमा