लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको अभियानमा

काठमाडौँ । काठमाडौँमा लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । उता सोही पार्टीबाट विद्रोह गरेका राजेन्द्र महतोले जनकपुरमा आयोजना गरेको संवाद कार्यक्रममा लोसपाकै अधिकांश कार्यकर्ता सहभागी भएका छन् ।
बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि जनकपुरमा बृहत् संवादत्मक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति मधेश ब्युरोले आयोजना गरेको सो कार्यक्रममा गाउँ गाउँबाट कार्यकर्ता तथा नेताहरू जनकपुर आएका छन् ।
काठमाडौँबाट कार्यक्रमका लागि जनकपुर गएका बेला एयरपोर्टमा राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको थियो । त्यसमा अधिकांश लोसपा नेपालका कार्यकर्ताहरू थिए । जनकपुर विमानस्थलबाट राजेन्द्र महतो कार्यकर्ताका साथ कार्यक्रम स्थलसम्म मोटरसाइकलमा नै गएका थिए । सो क्रममा कार्यकर्ताहरूले राष्ट्रिय मुक्ति क्रान्तिको नारा लगाएका थिए ।
राष्ट्रिय मुक्ति क्रान्ति जिन्दाबाद र जय मधेश लेखिएका रातोपट्टी टाउकोमा बाँधेर सो पार्टीका नेता कार्यकर्ताहरू नाराबाजी गर्दै कार्यक्रम स्थलमा आएका थिए ।
कार्यक्रममा सहभागी भएका लोसपाका उपाध्यक्ष कौशलकुमार सिंहले यो कुनै पार्टी नभई अभियान भएका कारण सहभागी भएको बताए । ‘यो पार्टी बनेपछि के गर्नुपर्छ, त्यो बेला बिचार गरौँला तर अहिले राष्ट्रिय मुक्तिका लागि अभियान चलाइएका कारण यसमा सहभागी भएको हुँ’ उनले भने । लोसपामा चुपचाप बस्नुको सट्टा केही गर्नु नै ठिक लागेका कारण यो अभियानमा सामेल भएको समेत सिंहले बताए ।
लोसपाको पदाधिकारी बैठक चलिरहे पनि त्यसबारेमा आफूलाई कुनै जानकारी नरहेको उनले बताए । सिंहले भने, ‘म जनकपुरकामा छु, काठमाडौँमा लोसपाको पदाधिकारी बैठक चलिरहेको छ त्यो कुराको जानकारी मलाई छैन ।’
बबरमहलस्थित पार्टी कार्यालयमा लोसपा पदाधिकारी बैठक चलिरहेको छ । फागुन ३० गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा र तयारी लगायतका विषयमा छलफल गर्न पदाधिकारी बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश