७ सय टेस्ट विकेट लिने पहिलो फास्ट बलर बने एन्डरसन

धर्मशाला । इंग्ल्यान्डका जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ७ सय विकेट लिने पहिलो तीव्र गतिका बलरमा बनेका छन् । ४१ वर्षीय बलरले धर्मशालामा जारी भारतविरुद्धको पाँचौँ टेस्टमा कुल्दीप यादवलाई शिकार बनाउँदै यो कोशेढुंगामा पुगेका हुन् । एन्डरसन टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा धेरै विकेट लिने बलरहरूको सूचीमा तेस्रो स्थानमा रहेका छन् । उनीभन्दा अघि श्रीलंकाका मुथैया मुरलीथरन (८ सय विकेट) र अस्ट्रेलियाका शेन वार्न (७०८ विकेट) रहेका छन् ।
एन्डरसनले १८७ खेलमा २६.५२ को औसतले ७ सय विकेट लिन सफल भएका छन् । यसमध्ये ४३४ विकेट उनले घरेलु मैदानमा २६६ विकेट विदेशी मैदानमा लिएका छन् । उनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध लर्डसमा टेस्ट डेब्यू गरेका थिए । उनले तेस्रो ओभरमा मार्क भर्मुलेनलाई आफ्नो शिकार बनेका थिए ।
आफ्नो २२ वर्षी करियरमा उनले तीनपटक एक वर्षमा ५० भन्दा बढी विकेट लिएका छन् । सन् २०१०, २०१३ र २०१७ मा उनले यो आँकडा पार गर्न सफल भए । उनले सबैभन्दा बढी सन् २०१० मा ५७ विकेट लिएका थिए ।
उनीभन्दापछि अर्का तीव्र गतिका बलरमा स्टुअर्ट बोर्ड रहेका छन् । बोर्डले १६७ खेलमा ६०४ विकेट लिएका छन् । यसअघि तीव्र गतिका बलरहरूमध्ये टेस्टमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान अस्ट्रेलियाका ग्लेन म्याग्राथको नाममा थियो । उनले ५६३ विकेट लिएका थिए । एन्डरसनले सो कीर्तिमान सन् २०१८ मा तोडेका थिए । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा