मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
शनिबार, २६ फागुन २०८०, १० : ३६

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतक दुवै काका भतिजा हुन् ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दर्शक भेट्न नेपाल आइन एन्जिला
-
तीनकुनेमा भेला हुन थाले राजावादी (तस्बिरहरू)
-
राजावादीलाई रिङ्गरोड भित्र छिर्न नदिन तीनकुनेको प्रमुख लेनमा प्रहरीको बार (तस्बिरहरू)
-
श्रीलङ्का र थाइल्यान्डको भ्रमणमा जाँदैछन् मोदी, के होला एजेन्डा ?
-
सालीसँग बिहे गर्न पत्नीको हत्या, यसरी बनेको थियो योजना
-
ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको अभिव्यक्तिप्रति पुटिनको पहिलो प्रतिक्रिया