विदेशी चलचित्रलाई धेरै शो दिएपछि बोर्डले भन्यो–नेपाली चलचित्रहरूलाई प्राथमिकता दिनुस्

काठमाडौँ । चलचित्र विकास बोर्डले नेपाली चलचित्रहरूलाई प्राथमिकता दिन हलवालालाई अनुरोध गरेको छ। बाड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बोर्डको तर्फबाट उक्त अनुरोध गरेका हुन् ।
उनले फागुन २५ देखि प्रदर्शनमा आएका नेपाली चलचित्र काँडेतार, उपहार र रंगेलीलाई न्यायोचित शो नदिइएको तर विदेशी चलचित्रलाई भने विशेष महत्त्वका साथ शो दिइएको भन्ने व्यापक गुनासो आएको बताउँदै नेपाली बजारलाई थप चलायमान बनाउन र नेपाली चलचित्रप्रति दर्शकको रुचि र आकर्षण बढाउने आशा र विश्वास गरिएका यी चलचित्र धराशायी भएमा नेपाली चलचित्र उद्योगले ठुलो क्षति व्यहोर्ने परिस्थितिप्रति सजग र गम्भीर बन्न भनेका छन् ।
साथै प्रवक्ता बुढाथोकीले निर्माण अघि प्रदर्शनको मिति तोक्ने, एउटै मितिमा चलचित्र जुधाउने, अस्वस्थ प्रतिस्पर्धा गर्ने र अनेक फण्डाबाजी गर्ने शैली, प्रवृत्ति र आचरणमा सुधार ल्याउन निर्माता र वितरकलाई समेत अनुरोध गरेका छन् ।
'आउनुहोस् ! सँगै बसेर साझा दृष्टिकोण निर्माण गरौँ र नेपाली चलचित्रको प्रवर्द्धन र बजार विस्तारका लागि नयाँ कार्य योजना र सङ्कल्पसहित अघि बढौं !' प्रवक्ता बुढाथोकीले सबैलाई पक्षलाई आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?