बेलायतकी पूर्व प्रधानमन्त्री थेरेसाले यो वर्षको चुनावमा भाग नलिने
शनिबार, २६ फागुन २०८०, ०८ : ३२

काठमाडौँ । बेलायतकी पूर्व प्रधानमन्त्री थेरेसा मेले राजनीतिबाट सन्यास लिने घोषणा गरेकी छन् । यसपटक उनी चुनाव लड्ने छैनन् । सन् २०१६ देखि २०१९ सम्म थेरेसाले बेलायतको प्रधानमन्त्रीको पदभार सम्हालेकी थिइन् ।
उनी २७ वर्षसम्म संसद्को तल्लो सदन हाउस अफ कमन्सकी सदस्य भएकी थिइन् । थेरेसा मे अहिले ६७ वर्षकी भइन् । उनी सन् १९९७ देखि कन्जरभेटिभ पार्टीकी सांसद थिइन् र बर्कशायर सिटबाट सात पटक निर्वाचित भइन् ।
यो घोषणासँगै उनी आगामी चुनावमा भाग नलिने घोषणा गरेका कन्जरभेटिभ पार्टीका करिब ६० सांसदमा सामेल भइन् । पूर्व क्याबिनेट मन्त्रीहरू बेन वालेस, साजिद जाभिद, डोमिनिक राम र क्वासी क्वार्टेङले आगामी चुनावमा भाग नलिने घोषणा यसअघि नै गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा