शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

शनिबार, २६ फागुन २०८०, ०८ : ०२
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप