अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले अध्यक्ष नेपाललाई सो जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने निर्णय गरेको बैठकले नयाँ गठबन्धनमा निर्माण भएको सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई जनमुखी कार्य सम्पादनका लागि निर्देशन दिएको छ ।
महाधिवेशनका लागि पार्टी मातहतका सङ्गठनका गतिविधि, कार्ययोजनाबारे बैठकमा समीक्षा गरिएको थियो । बैठकमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनामा समेत छलफल गरिएको थियो । आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा डुबेर एक बालिकाको मृत्यु
-
गण्डकी प्रदेशभरि खानेपानी आयोजना अलपत्र, संघकै योजना पूरा गर्न ३ अर्ब चाहिने
-
लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
नेपाल चिकित्सक संघको दुई बुँदे माग सहित ७२ घण्टे ‘अल्टिमेटम’, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने
-
विभिन्न स्थानमा सवारी दुर्घटना : ८ जनाको मृत्यु
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै