राज्यमन्त्री पद खोसिएपछि चौधरीले भने- सल्लाह नै नगरी हटाइयो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रबार राति मन्त्रीमण्डल विस्तार गरेका छन् । एक विनाविभागीयसहित ३ मन्त्री नियुक्त गर्दै उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिँदै उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
तर मुख्यमन्त्री शाह र नाउपाका संरक्षणक रेशमलाल चौधरीले सरसल्लाह बिना नै एकलौटी र हतारमा मन्त्रीमण्डल विस्तार गरेको पाइएको छ । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका नाउपाका नेता कैलाश चौधरीले मन्त्रीमण्डल विस्तार गरेको समाचार पढेर मात्रै थाहा पाएको बताएका छन् ।
रातोपाटीसँग निवर्तमान राज्यमन्त्री चौधरीले भने, ‘समाचार हेरेर थाहा पाइयो । म राज्यमन्त्रीबाट हटाइएको रहेछु । यसबारे पार्टीभित्र पनि कुनै सल्लाह भएन ।’ उनको ठाउँमा नाउपाकै सांसद गिरीलाई जिम्मेवारी दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र