एपिएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा
![एपिएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा](https://npcdn.ratopati.com/media/news/gold-cup_ASAxV9tjjG.jpg)
झापा । झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो ।
एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७० औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।
पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलेका थिए । खेलको ४२ औंँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपिएफका अनिश महर्जनले गोल गर्न सकेनन् । खेलको ४७ औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो । खेलको ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार फितलो भयो ।
खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । शनिबार चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच सेमिफाइनल खेल हुनेछ ।
प्रतियोगिताको फाइनल खेल यही फागुन २८ गते हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित नेपालका १० टोलीको सहभागिता छ । प्रतियोगिताका विजेतालाई रु १३ लाख नगद पुरस्कारसहित ट्रफी र उपविजेतालाई रु सात लाख प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षामा उत्तीर्ण भइन् कविता
-
महासचिव शंकर पोखरेलका कारण कांग्रेस सशङ्कित !
-
विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग
-
जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...
-
२० वर्ष पछिसम्म हुनेगरी सूचना प्रणाली बनाउन सुझाव
-
डल्लुबाट सुन चोरेको आरोपमा ३ जना पक्राउ