गण्डकी प्रदेशका १६ जना महिला सम्मान
पोखरा । गण्डकी प्रदेश सरकारले १६ महिलालाई ५० हजारका दरले पुरस्कार दिएको छ । सामाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन पारेर विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका महिलाहरुलाई सम्मान गरेको हो ।
हिमाल आरोही दिकी ल्हमु लामा, नानुमाया गुरुङ, पर्यटन व्यवसायी कमला गिरी, उद्यमीहरु हिरा भट्टराई, कान्छी गुरुङ र चन्द्रकला राना सम्मानित भएका छन् ।
यस्तै, सामाजिक अभियन्ता कमला पराजुली, विनाकुमारी सिलवाल, साहसिक पर्यटनतर्फ फुन्जो झाङ्मु लामा, पूर्णिमा श्रेष्ठ र मनु गुरुङ, खेलकुदबाट रेखमाया गुरुङ, भाषा संस्कृतिबाट तारामाया थापा सम्मानित भए । पत्रकारहरु दुर्गा अधिकारी, राधिका कँडेल र प्रतीक्षा काफ्लेलाई सम्मान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता सहकारी तर्फ ७ वटा सहकारी सम्मानित भएका छन् । गोरखाको सृजनशील महिला बचत तथा ऋण सहकारी संस्था, मुस्ताङको पुथाङ आमा बहुमुखी सहकारी, म्याग्दीको सृजना महिला विकास बहुउद्देश्यीय सहकारी, लमजुङको मार्गदर्शन महिला सहकारी, स्याङजाको प्रगति महिला सहकारी, बागलुङको कालिका सहकारी तथा नवलपुरको नवज्योति महिला सहकारी सम्मानित भएका हुन् । प्रत्येक सहकारीलाई ७५ हजारका दरले रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव प्रकाश पौडेलले जानकारी दिए ।
उनीहरुलाई गण्डकीका नीति तथा योजना आयोगका सदस्य डा। सुवास अधिकारीले नगद र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी