डा.तोसिमा कार्कीसहितका स्वास्थ्यकर्मीले गरे मिटर ब्याज पीडितको स्वास्थ्य परीक्षण

काठमाडौँ । काठमाडौँमा आन्दोलन गर्दै आएका मिटर ब्याज पीडितहरूको स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्हरू डा.तोसिमा कार्की, डा.चन्दा कार्की लगायतका स्वास्थ्यकर्मीको टोलीले पीडितहरूको स्वास्थ्य परीक्षण गरेको हो ।
उनीहरू बस्दै आएको भृकुटीमण्डपमा नै स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य सहायता प्रदान गरिएको हो । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिमार्फत गत माघ १६ गतेदेखि मिटर ब्याजविरुद्ध न्याय मार्चसहित काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
उनीहरूले विभिन्न ६ बुँदे माग अघि सार्दै आन्दोलन गर्दै आएका हुन् । लामो समयदेखि काठमाडौँमा बसेर आन्दोलन गरिरहँदा कतिपय पीडितहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरूले परीक्षण गराएका हुन् ।
पीडितहरू र सरकारबिच वार्ता समेत भइरहेको छ । तर, अहिलेसम्मको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । उनीहरूसँग वार्ता गर्न गृह मन्त्रालयले फागुन १३ गते सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । पीडितहरूको तर्फबाट समितिका अध्यक्ष अवधेश कुश्वाहको संयोजकत्वमा ९ सदस्यीय वार्ता समिति गठन गरिएको छ ।
दुवै टोलीबिच फागुन १३ गतेदेखि वार्ता भइरहेको छ । तर, वार्ता निष्कर्षमा पुग्न सकेको छैन । पीडितहरूले आफ्ना समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठनको माग गर्दै आएका छन् । सरकारी वार्ता टोलीले उक्त मागप्रति असहमति जनाउँदै आएको छ । जसले गर्दा वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म