भिजिट भिसामा दुबई पठाउन खोजेको आरोपमा विमानस्थलबाट एजेन्ट पक्राउ
शुक्रबार, २५ फागुन २०८०, १७ : ११

काठमाडौँ । भिजिट भिसामा ३ जना नेपाली नागरिकलाई दुबई पठाउन लागेको आरोपमा प्रहरीले एजेन्टलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही–८ रुद्रपुर घर भएका ४७ वर्षीय भविलाल थापा छन् ।
कपन बस्दै आएका थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले रातोपाटीलाई बताए । दुबई जान लागेका तेह्रथुम घर भएका नेत्रकुमारी गुरुङ, अर्घाखाँचीका हरि उपाध्याय र चितवन घर भएकी दुर्गा श्रेष्ठलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका लागि उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको एसएसपी शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघको आक्रमणबाट कसरी जोगिने ?
-
माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन
-
सुरक्षित मातृत्व संशोधन विधेयक संसदमा लैजाने तयारी
-
साउन १ गतेदेखि सबै प्रदेशले सवारी लाइसेन्सको छपाई गर्ने
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया