पद ठुलो हुँदैमा र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन् : अध्यक्ष बिजुक्छे

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताएका छन् ।
शुक्रबार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पद ठुलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको बताए । उनले उनीहरुको गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरुले राम्रो काम गर्नुपर्ने बताए । उनले पुरातात्त्विक र धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरुले चासो नदिएको बताए ।
उनले भने, ‘मजदुर किसानहरु नै देशको बहुमत जनता हो । ठुला–ठुला मानिसहरुको भ्रष्टाचारको विषयमा त पूर्ववक्ता साथीहरुले भनी हाल्नुभयो । पद ठुलो हुँदैमा, मान्छे धनी हुँदैमा उनीहरु राम्रा हुन्छन् भन्नेकुरा सत्य होइन । त्यसकारण तिनीहरुको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्नेकुरा मनमा राखौँ ।’
अध्यक्ष बिजुक्छेले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताए । उनले नयाँ पुस्ताले प्राचिन इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी