२ मिनेटको विज्ञापनमा आमिरको ७ गेटअप

मुम्बई । फिल्म ‘तारे जमिन पर’ अभिनेता दर्शील सफारीले केही दिन अगाडि आमिर खानको साथ एक तस्बिर शेयर गरे । तस्बिरका साथ दर्शीलले लेखेका थिए, ‘१६ वर्षपछि फेरि आमिरको साथमा देखिदैछु ।’ तर दर्शीलले यो प्रोजेटको विषयमा अन्य कुरो केही खोलेको छैनन् ।
तर बिहीबार उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरे । जसमा एक एनर्जी ड्रिङ्सको विज्ञापनमा आमिरका साथ उनी देखिएका छन् ।
भिडियोका साथ दर्शीलले लेखेका छन्, ‘आमिर खान एडवेन्चर जर्नीमा गइरहेका छन् । तपाईँहरू ज्वाइन गर्नुस् ।’ भिडियोमा आमिर दर्शीलको हजुरबुबाको भूमिकामा छन् । दुई मिनेटको यो विज्ञापनमा आमिर फरक फरक ७ भूमिकामा छन् ।’
यस भिडियो हेरेर फ्यानले आमिरको खुलेरै तारिफ गरेका छन् । एक युजर्सले लेखेका छन्, ‘एक विज्ञापनमा पनि फिल्म जस्तो परफेक्सन आमिरलेनै ल्याउन सक्छन् ।’ अर्को एक युजर्सले लेखेका छन्, ‘आमिरको विज्ञापन हाम्रा लागि हमेशा छोटो फिल्म जस्तो हुन्छ ।’
आमिर अहिले फिल्म ‘सितारे जमिन पर’को छायाङ्कन गरिरहेका छन् । यस फिल्म मार्फत आमिर डेढबर्षपछि फिल्ममा देखिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै