फस्टलुकमा यस्तो देखियो फिल्म ‘अञ्जिला’

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित फिल्म ‘अञ्जिला’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । महाशिवरात्रि तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर निर्देशक मिलन चाम्सले फिल्मको फष्टलुकको रुपमा एक पोस्टर सार्वजनिक गरेका हुन् ।
पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । फिल्ममा अञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा समेटिएको छ । अञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा छायाङ्कन भएको फिल्ममा अञ्जिलाको अलवा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको अभिनय छ । फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस प्रमुख भूमिका फिल्म छ ।
निर्देशक चाम्सले फिल्म ठ्याक्कै अञ्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत अञ्जिलाकै जीवनी रहेको भने सुनाए । निर्माता श्रेष्ठले १४ वर्षदेखि अञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा–दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर अञ्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए । श्रेष्ठले अञ्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई ‘इन्स्पायर’ हुने बताए ।
२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गल्र्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । अञ्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने अञ्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।
सुदीप बरालको डिओपी रहेको फिल्म मिलन श्रेष्ठको सम्पादन रहनेछ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म