शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘उपहार’सँग भिड्दै ‘रङ्गेली’ र ‘काँडेतार’

शुक्रबार, २५ फागुन २०८०, ११ : १८
शुक्रबार, २५ फागुन २०८०

काठमाडौंँ । आज शुक्रबारबाट देशभर एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका सबै फिल्मका बिषयवस्तु र कलाकार  भने भिन्न छन् । शिवरात्री र त्यसपछिका केही दिन सार्वजनिक विदा परेकोले पनि तीन फिल्म तछाडमछाड गर्दै आएका हुन् । सबै फिल्मका निर्माण पक्ष आफ्नो फिल्म उत्कृष्ट रहेको बताउँदै व्यवसाय समेत गर्ने दाबी गर्छन् ।

तीन मध्ये ‘उपहार’ का पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् भने ‘रङ्गेली’ मा अर्जुन सुवेदीको निर्देशन छ । अर्जुनले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । ‘काँडेतार’ मा अभिनेता नवल खड्काको निर्देशन रहेको छ । 

उपहार  
अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म हो । रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन र आशा भुषाल लगायतको अभिनय रहेको फिल्मले समसामयिक बिषय कथाको रुपमा उठाएको छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको हो ।

फिल्मको बिहिबार प्रिमिएर भएको थियो । फिल्मकर्मी र रंगत्रकारको बाक्लो उपस्थिति रहेको प्रिमिएरमा अधिकांशले फिल्म मनपरेको प्रतिक्रिया दिएका थिए ।

रङ्गेली 
फिल्म ‘रङ्गेली’ ग्याङ्स्टर्सको बिषयमा निर्माण भएको हो । पहिले ‘रङ्गेली’ ग्याङ्स्टर्स’ नाम राखिएको फिल्मको नामपछि परिवर्तन गरिएको हो । फिल्मको  छायाङ्कन मोरङ जिल्लाको रङ्गेलीमा हुँदैछ । 

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका छ । फिल्मका लेखक समेत निर्देशक अर्जुन सुवेदी नै हुन् । जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्ममा संसार चौंलागाईं, रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शङ्कर चौलागाईं सह–निर्माता रहेको फिल्मको विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।

फिल्मको बुधबार साँझ प्रिमिएर गरिएको थियो । प्रिमिएरमा सहभागीले फिल्मको विषयवस्तु र कलाकारको अभिनयको तारिफ गरेका थिए ।

काँडेतार 

नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा बनेको फिल्म ‘काँडेतार’ राष्ट्रवादी फिल्म हो । फिल्ममा निर्देशक नवल खड्काको अलवा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, मुरली धर, प्रेम सुब्बा, पर्शुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय छ ।

फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको छ । मणि थापा, दीपक शर्माको संगीत रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । सामना फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप