सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ९ लाख ४ हजारको हात खाली
शुक्रबार, २५ फागुन २०८०, ११ : १५
![सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ९ लाख ४ हजारको हात खाली](https://rpcdn.ratopati.com/media/albums/Sarbottam_Logo-01_Jev9W6bP43.png)
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । पहिलो पटक बुक विलडिङ विधिमार्फत जारी भएको आईपीओमा ५५ हजार ५२१ जनाले कम्पनीको सेयर हात पारेका छन् ।
कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ जारी गरेको थियो । जसमा तोकिएको अन्तिम दिनसम्म ९ लाख ६० हजार ३०१ जना कम्पनीको आईपीओका लागि आवेदन दिएका थिए ।
शुक्रबार गोला प्रथामार्फत भएको सेयर बाँडफाँडमा ५५ हजार ५२१ जनाले आईपीओ पाएका हुन् । जसमध्ये २६ जनाले ५१÷५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् ।
कूल आवेदक मध्ये १ हजार ३४२ जनाको आवेदन रद्द भएको छ ।
कूल आवेदनको संख्याबाट आईपीओ पाउनको संख्या घटाउँदा ९ लाख ४ हजार ७८० जनाको हात खाली हुन पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली