संसद्को शिक्षा समिति सभापतिविहीन, विधेयकमाथिको छलफल प्रभावित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति विहीन भएको छ । समितिका सभापति नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएपछि समिति सभापति विहीन भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय कार्यक्षेत्र रहेको यो समितिमा ४ वटा विधेयक विचाराधीन छ ।
राष्ट्रियसभामा उत्पत्ति भएको सार्वजनिक प्रसारण विधेयक २०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७, राष्ट्रिय सभामा उत्पन्न भएको नेपाल विश्वविद्यालय विधेयक २०७९ र विद्यालय शिक्षा विधेयक २०८० विधेयक पारित गरेर सभामा पठाउनुपर्ने यो समितिको दायित्व रहेको छ ।
यी विधेयकहरू मध्ये सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७, प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको समितिकी सचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।
समिति सभापतिविहीन भएपछि ज्येष्ठ सदस्यलाई अध्यक्षता गराएर बैठक चलाउन नमिल्ने भएकोले नयाँ समिति आएपछि मात्रै विधेयकमाथिको छलफल अघि बढ्ने जानकारी दिइन् । राजनीतिक तहबाट सभापति चयन नभएसम्म समितिको नियमित काम प्रभावित हुने समिति सचिव लामिछानेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव