युरोपा लिगमा लिभरपुलको शानदार जित

काठमाडौं । युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा लिभरपुल फराकिलो अन्तरले विजयी भएको छ । विहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डर्विन नुनेजले २ गोल गर्दा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक एक गोल गरेका थिए । स्पार्ता प्रागले उपहार गोलमार्फत अग्रता कम गरेको थियो ।
छैटौं मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २५ औँ मिनेटमा नुनेजले अग्रता दोब्बर बनाए । उनैले पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा लिभरपुल ३–० ले अघि बढेको थियो ।
४६ औँ मिनेटमा लिभरपुलका कोनोर ब्राड्लेले आत्मघाती गोल गरेपछि स्पार्ताले अन्तर ३–१ मा झारेको थियो । ५३ औँ मिनेटमा डियान र दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा स्जोबोसजलाईले गोल गरेपछि लिभरपुल अन्ततः ५–१ को जितका साथ पहिलो लेगमा विजयी भयो । दोस्रो लेग मार्च १५ तारिखमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन सम्पन्न