समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा यात्रुको भीड
बिहीबार, २४ फागुन २०८०, २१ : ४८

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा यात्रुको जाम बढेको छ । प्रस्थान अनुमति दिने स्थानमा ढिलो काम हुँदा बाहिर जाने यात्रु लामो समयदेखि लाइनमा रहन बाध्य भएका हुन् ।
अध्यागमनले प्रस्थान अनुमति दिन ढिलाई गरेको, अनावश्यक चेकजाँच तथा जानकारी मागेको आदि कारणबाट इमिग्रेसन क्लियरेन्नस नदिँदा यात्रुलाई समस्या भएको हो । इमिग्रेसनमा ढिलाई हुँदा उडानसमेत प्रभावित भएको छ ।
अध्यागमन कार्यालयले भने सर्भरमा समस्या आएका कारण डाटा इन्ट्रीमा समस्या भएको जनाएको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले प्रस्थानतर्फका १६ वटै काउण्टर सञ्चालनमा रहेको जानकारी दिए ।
उनले आज धेरै फ्लाइट भएको र सर्भरमा समस्या भएकाले केही समस्या परेको जानकारी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी