अफगानिस्तानका २४ स्थानमा हतियार भण्डार फेला
बिहीबार, २४ फागुन २०८०, २० : ४८

लश्कर गाह । अफगानिस्तानको 'काउन्टर टेरोरिज्म' प्रहरीले गत एक हप्तामा दक्षिणी प्रान्त हेलमान्डमा २४ स्थानमा हतियार भण्डार फेला पारेको प्रान्तीय प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बरामद गरिएका हतियारहरूमा ७ थान एकेएम असल्ट राइफल, ६ थान युएस मेड एम १६ असल्ट राइफल, ९ थान पेस्तोल, केही मेसिनगन र ठूलो परिमाणमा गोलाबारुद रहेका छन् ।
विगत एक हप्तामा प्रान्तीय राजधानी लश्कर गाह र छिमेकी ग्रिष्क र नाद अली जिल्लाहरूमा गरिएको शृङ्खलाबद्ध कारबाहीका क्रममा हतियार र गोलाबारुद फेला पारिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिकी नेतृत्वको सेना फिर्ता लिएपछि सन् २०२१ को अगस्टमा कब्जा गरेको अफगानिस्तानको विद्रोहीले देशभर ठूलो मात्रामा हतियार बरामद गरेको छ । - (रासस-सिन्ह्वा)