‘सतीदेवी’ले गर्यो तनहुँमा विशेष प्रदर्शन
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को तनहुँको दमौलीमा विशेष प्रदर्शन गरिएको छ ।
बुधबार दमौलीको क्युएफएक्स सिनेमामा गरिएको विशेष प्रदर्शनीमा मध्यनेपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डे, मध्यनेपाल नगरपालीका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, वडा नं ३ का अध्यक्ष केशव न्यौपाने, वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ, वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नं ९ का अध्यक्ष महेशकुमार पाण्डे लगायत जनप्रतिनिधि तथा वडा नं ५ स्थिति लाफा गाउँ होमस्टे, श्री सृजनाशील एकता मगर समाजका प्रतिनिधिहरुका साथमा स्थानीयहरुको बाक्लो उपस्थिति थियो । विशेष प्रर्दशनिमा फिल्म हेर्ने सबैले मनपरेको प्रतिक्रिया दिए ।
कार्यक्रममा मध्ये नेपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले ‘सतीदेवी’ मौलिक कथामा निर्माण गरिएको भएकोले सार्वजनिक प्रदर्शन अगावै देश–विदेशमा चर्चा हुन सफल रहेको बताए । उनले ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
‘हाम्रो मध्यनेपाल नगरपालीकाका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रले निकै तारिफ पाइरहेको छ । देशको मौलिक कला, संस्कृति तथा कथालाई चलचित्रको माध्यमबाट विश्वसामु पुर्याउनु निकै सह्रानीय कार्य हो । आफ्नो माटोको सुगन्धलाई उजागर गर्ने ‘सतीदेवी’ टिमलाई हामी सबैले साथ,सहयोग र प्रेरणा दिनुपर्छ,’ मेयर पाण्डेले भने ।
कार्यक्रममा फिल्मको तर्फबाट निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,स्थानीय श्री सृजनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे,कलाकार इभन श्रेष्ठ, क्युएफएक्स दमौलीलगायतलाई आभार पत्र प्रदान गरेका थिए । अधिकांश दृश्य मध्यनेपाल नगरपालीकाका वडा नं ५ लगायत विभिन्न स्थानमा खिचिएको र छायांकन तथा प्रबद्र्धनमा आफूहरुलाई निकै सहयोग मिलेकाले धन्यवाद स्वरुप शो आयोजना गरिएको निर्देशक सुवेदीले बताए ।
गत माघ तेस्रो साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ को चर्चाप्रति केही दिनअघि सूचना तथा संचारमन्त्री रेखा शर्माले चासो देखाएकी थिइन् । निर्देशक सुवेदी संचार मन्त्रालय पुगी मन्त्री शर्मालाई आफ्नो चलचित्रबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । मन्त्री शर्माले ‘सतीदेवी’ लाई सरकारी तवरबाट समेत सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी थिइन् ।
दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चर्चामा दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहेका छन् ।
मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दिपबाबु लोहनी, सुजीता शिवाकोटी, भोला सापकोटा, मनिषा सापकोटा, सन्देश लिम्बूलगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् ।
चलचित्रको स्वदेश प्रदर्शन मिति घोषणा हुन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीको शानदार जित
-
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ