राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ बन्नु हुँदैन : झक्कु सुवेदी

काठमाडौँ । राष्ट्रियसभा सदस्य झक्कु सुवेदीले सरकार परिवर्तनलाई स्वभाविक रुपमा लिन आवश्यक रहेको बताएका छन् । बिहीवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका यावत समस्या समाधान गर्न सबैको भूमिका निर्णायक हुने बताए । उनले राष्ट्रियसभा सदस्यहरुको भूमिका कानुन निर्माण भएको पनि बताए । उनले राष्ट्रियसभा सदस्यहरुको भूमिका कानुन निर्माणसँगै विकास निर्माण र राजनीतिक भूमिकामा पनि जोडिने बताए ।
उनले भने, ‘सरकारहरु बन्छन्, परिवर्तन हुन्छन्, हामी हिँड्दा पनि त दुई खुट्टाले हिँड्छौँ कहिले दायाँ र कहिले बायाँ । चार दिनअघिसम्म देशले, सरकारले दायाँ कदम चाल्यो । चार दिनयता बायाँ कदम चाल्यो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ’ सुवेदीले भने, ‘हिजो वामपन्थी र लोकतान्त्रिकहरुको सरकार थियो, अहिले वामपन्थीहरको वर्चश्व रहेको सरकार छ । हामीलाई लाग्छ, नेपालका यावत समस्या समाधान गर्नेमा यसको निर्णायक भूमिका हुन्छ ।’
उनले प्रतिनिधिसभा र राष्ट्रियसभा फरक भएकाले प्रतिनिधिसभाको छायाँ राष्ट्रियसभा बन्नु नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाम आगलागी पीडितलाई प्रदेश सरकारको ५० लाख सहयोग
-
बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ
-
‘पिताम्बर’ र ‘कर्माले कति पायो शोज ?
-
चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ