महाशिवरात्रिमा सुरक्षा योजना : तीन सिफ्टमा प्रहरी परिचालन, मोबाइल गस्तीदेखि ड्रोनको निगरानी

काठमाडौँ । नेपाल प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार पशुपतिनाथ मन्दिर परिसरमा मेला लाग्ने र मेलामा स्वेदेशी तथा विदेशी भक्तजनहरूको अत्यधिक भीड हुने भएकाले सो क्षेत्रमा शान्ति सुरक्षा तथा सवारी व्यवस्थापन गर्नका लागि सुरक्षा योजना लागू गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । सुरक्षा योजना फागुन २६ गतेसम्म लागू हुनेछ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा मातहत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन र जिल्ला प्रहरी परिसर काठमाडौँ समेत भई संयुक्त रूपमा तयार पारिएको एकीकृत सुरक्षा योजना अनुरूप प्रविधि र प्रहरीको परिचालन गरी पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा प्रदान गरिनुका साथै सवारी व्यवस्थापन गरिने मैनालीको भनाई छ ।
फागुन २४ गते बिहान १०:०० बजेदेखि मेला समाप्त नभएसम्म जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको कमान्डमा प्रहरी परिचालन गरिनेछ । मेलामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङ, ड्रोन, सिसिटिभी क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत निगरानी गरिनेछ ।
त्यस्तै नेपाल प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स रहनेछ । आपत विपद् आई परेमा तालिम प्राप्त उद्धारकर्मीलाई रिजर्भमा राखिएको छ भने सुरक्षाका अन्य अङ्गसँग पनि समन्वय गरिने मैनालीले बताए।
मेलामा तीन सिफ्टमा ३ हजार ७२ जना सुरक्षाकर्मी परिचालन हुनेछ । जसमा २ हजार १५७ जना पुरुष र ९१५ जना महिला सुरक्षाकर्मी खटाइनेछ । त्यस्तै, सादा पोसाक, सञ्चार, ड्रोन अपरेटर, ट्राफिक व्यवस्थापन गरी ४ हजार ९४ जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार
-
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल