मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

एमाले नेता दाहालले स्मरण गराए राष्ट्रिय सभाको मानक

बिहीबार, २४ फागुन २०८०, १५ : २८
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नेकपा एमाले, राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाका मानकहरू स्मरण गराएका छन् । 

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई बिहीबार राष्ट्रिय सभामा स्वागत सम्बोधनका क्रममा उनले सभाले स्थापित गरेका मानकहरूलाई नयाँ सदस्यहरूले प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका रहने समेत बताए ।

 राष्ट्रिय सभामा सर्वसम्मतिको अभ्यास मानकका रूपमा स्थापित भएको र अधिकांश विधेयकहरू सर्वसम्मत रूपमा पारित हुने गरेको समेत नेता दाहालले स्मरण गरे । 

प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्ष बिच विवाद भएर सदन स्थगित हुँदा समेत राष्ट्रिय सभा सञ्चालन हुने गरेको उल्लेख गर्दै उनले कानुन निर्माणका क्रममा नयाँ सदस्यहरूको पनि प्रभावकारी सहभागिता रहने विश्वास व्यक्त गरे ।

राष्ट्रिय सभा सदस्यका रूपमा अनुभवी राजनीतिज्ञहरूको प्रवेश प्रति उनले खुसी व्यक्त गरे । त्यस्ता सदस्यहरूको आगमनले सदनको गरिमा बढाएको भन्दै दाहालले राष्ट्रिय सभा पुराना नेताहरूलाई थन्क्याउने थलो भएको टिप्पणीलाई उनीहरूको कार्यसम्पादनले चिर्ने पनि बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप