काम गर्न नसकेका दिन रास्वपा सरकारबाट बाहिरिनेछ : प्रमुख सचेतक परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काम गर्न नसकेका दिन आफ्नो दल सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले कतिवटा गठबन्धन हुन्छ त्यो मुख्य प्रश्न नभएको बताउँदै जनताको जीवनस्तरमा परिवर्तन हुन्छ कि हुँदैन भन्ने मुख्य प्रश्न भएको बताए ।
उनले भने– ‘मुख्य प्रश्न हामीले सुशासन कायम गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो । अहिले जुन खालको बेरोजगारी छ, शिक्षा क्षेत्रमा जुन खालको अवस्था छ, त्यसलाई सुधार गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो । साँचो अर्थमा गठबन्धन गर्ने हो भने त्यहाँ गठबन्धन गरौँ न । तुलनात्मक रूपमा हाम्रो संविधान दक्षिण एसियाकै सबैभन्दा राम्रो संविधान हो । यसलाई बचाउनु पर्दैन ?’
उनले आफ्नो दल हिजो प्रश्न गर्ने ठाउँमा रहेको भन्दै आज जवाफ दिने ठाउँमा आएको उल्लेख गर्दै प्रश्नबाट भाग्न नपाइने उल्लेख गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्नेहरूले दल सरकारमा जानु हुने थियो कि थिएन भने प्रश्न गरिरहेको अवस्था रहेको बताए ।
उनले भने– ‘म उहाँहरूलाई भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टी हिजो अरू पार्टीले गरेजस्तो गल्ती गर्न आएको छैन, तपाईँहरू ढुक्क हुनुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको चौथो ठुलो पार्टी हुँदाखेरी पनि नेतृत्व गर्न सकिन्छ, परिवर्तन गर्न सकिन्छ र तमाम हाम्रा राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्थालाई जीवनमा उतार्न सकिन्छ भन्ने विश्वासका साथ आएको छ, जुन दिन त्यो काम गर्न सक्दिन भन्ने लाग्छ, त्यो दिन राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताबाट हट्नेछ ।’
उनले यसअघि देश चलाउने काम मात्र भएको बताउँदै अब देश बनाउने काम गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा
-
को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
-
प्रतिपक्षमा रहेका पार्टीका दलित जनसंगठनको संयुक्त विरोधसभा
-
कोहलीको नाममा अर्को कीर्तिमान