आफूलाई लता मंगेशकरसँग तुलना गर्दै कंगानाले गरिन् अम्बानीको समारोहमा नाच्ने कलाकारको आलोचना

मुम्बई । अर्बपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ समारोहमा नदेखेका केही बलिउड सेलिब्रेटीहरू मध्येकी एक हुन् अभिनेत्री कंगना रनौट। अब सामाजिक सञ्जाल मार्फत उनले अम्बानीको पार्टीमा प्रस्तुति दिने उद्योगका सहकर्मीहरूको खिल्ली उडाएकी छन्।
यति मात्र होइन, आफूलाई लता मंगेशकरसँग तुलना गर्दै कंगनाले लताजीजस्तै आफूले पनि कुनै पनि निजी कार्यक्रममा प्रस्तुति दिने प्रस्ताव स्वीकार नगरेको बताइन् । कंगनाले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा स्टोरी सेयर गरेकी छिन् । त्यसमा उनले एउटा लेखको तस्बिर सेयर गरेकी छिन् । त्यहाँ लेखिएको छ– लता मंगेशकरले आफूलाई कसैले ५० लाख डलर दिए पनि बिहेमा नगाउने बताएकी थिइन् ।
यो सेयर गर्दै कंगनाले लेखेकी छिन्, ‘मैले आफ्नो जीवनमा धेरै आर्थिक सङ्कटको सामना गरेको छु तर लताजी र म मात्र दुई व्यक्ति हौँ जसको गीत सबैभन्दा धेरै हिट भयो । जति पैसाको प्रलोभनमा परे पनि मैले बिहेमा कहिले नाचिनँ, धेरै सुपरहिट आइटम गीतको अफर पनि आए तर मैले नाचिनँ । म अवार्ड शोबाट पनि टाढा भएँ।’
उनले थपिन्, ‘प्रसिद्धि र पैसालाई होइन भन्नको लागि बलियो व्यक्तित्व र मर्यादा चाहिन्छ। सर्टकटको संसारमा, इमानदारिताबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा आजका युवाहरूले बुझ्न जरुरी छ ।’ कंगनाले आफ्नो पोस्टमा कसैको नाम नलिँदा पनि जामनगरमा अनन्त र राधिकाको प्रि–वेडिङ समारोहमा प्रस्तुति दिने सबै सेलेब्रिटीको आलोचना गरिन्। १ देखि ३ मार्चसम्म चलेको यो कार्यक्रममा शाहरुख, सलमान र आमिर खानलगायत बलिउडका धेरै ठुला सेलेब्रिटीले स्टेज परफर्मेन्स दिएका थिए ।
यता कंगना आगामी फिल्म ‘इमर्जेन्सी’ मा काम गर्दैछिन् । यसमा उनी मुख्य भूमिकामा देखिनेछिन् । उनले आफैं चलचित्रको निर्देशन पनि गरेकी छिन् । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र