२२ वर्षपछि निर्देशनमा फर्किँदै अनुपम

मुम्बई । बलिउड अभिनेता अनुपम खेरले बिहीबार आफ्नो ६९ औँ जन्मदिन मनाइरहेका छन् । यस अवसरमा उनले आफ्नो आगामी चलचित्र ‘तन्वीः द ग्रेट’को घोषणा गरेका छन् । यस फिल्मबाट अनुपम २२ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् ।
चलचित्रको सुटिङ ८ मार्चदेखि महाशिवरात्रिको अवसर पारेर सुरु हुनेछ । अनुपमले आफ्नै ब्यानर अनुपम खेर स्टुडियोबाट चलचित्रको निर्माण गर्नेछन् । साङ्गीतिक कथामा अनुपम पछिल्ला ३ वर्षदेखि काम गरिरहेका थिए ।
बिहीबार सामाजिक सञ्जालमा उनले एक भिडियो सेयर गरेका छन् । भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘तान्वीः द ग्रेट’ आज आफ्नो जन्मदिनमा गर्वका साथ चलचित्रको नाम घोषणा गर्दछु, यो चलचित्रको निर्देशन मैले आफै गर्ने निर्णय गरेको छु ।’ उनले भिडियोमा आमाको आशीर्वाद लिइरहेको देखिएको छ ।
अनुपमले आफ्नो करियरमा विभिन्न भाषाका ५ सयभन्दा बढी चलचित्रमा काम गरेका छन् । तर निर्देशकका रूपमा उनले अहिलेसम्म एउटा मात्र चलचित्र निर्देशन गरेका छन् । सन् २००२ मा उनले निर्देशन गरेको अनिल कपुर, अभिषेक बच्चन र फरदीन आन अभिनीत ‘ओम जय जगदीश’ चलचित्र नराम्रोसँग फ्लप भएको थियो । त्यसयता उनी निर्देशनबाट टाढै रहँदै आएका थिए । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर बन्न के चाहिन्छ योग्यता ?
-
क्लब विश्वकप फुटबलमा एक अर्ब डलरभन्दा बढीको पुरस्कार राशि
-
सेमिफाइनलमा हारेपछि आईसीसीमाथि मिलरको आक्रोश
-
बार निर्वाचन : श्रेष्ठले दाबी नछाडेपछि पीपीएलएले फेर्यो गठबन्धन, साझा उम्मेदवार मिश्र
-
सक्रिय बन्दै बागलुङका न्यायिक समिति
-
नो केबुलकार’ आन्दोलनमा सङ्घीय समाजवादी पार्टीको समर्थन