शिवरात्रिमा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने

कैलाली । ऐतिहासिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने भएको छ ।
मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा माहाशिवरात्रिका अवसरमा हुन लागेको पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन कार्यक्रमको तयारी भएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले जानकारी दिए ।
हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको उनले बताए । कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको आयोजकको भनाइ छ ।
शुक्रबार महाशिवरात्रिको दिन बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड बत्ती प्रज्वलन गरिने आयोजकले जनाएको छ । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीले रु १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिसकेको छ । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत रु ११ लाख र तीन क्विन्टल फूलको रु दुई लाख गरी जम्मा रु १३ लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा
-
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन