गत फेब्रुअरी अहिलेसम्मकै तातो

काठमाडौँ । युरोपियन युनियनको मौसम सेवाले गत फेब्रुअरी आधुनिक समयको सबैभन्दा तातो फेब्रुअरी महिना बनेको जानकारी दिएको छ । वैश्विक तापक्रमले नयाँ रेकर्ड बनाएको लगातार नवौँ महिना थियो ।
सन् २०२३ को जुन महिनादेखि तापक्रमको विषयमा हरेक महिनाले नयाँ कीर्तिमान बनाइरहेको छ । समुद्रको सतहको तापक्रम अहिलेसम्मकै उच्च छ भने एन्टार्टिक सागरमा बरफको तह अहिलेसम्म न्यून स्तरमा पुगेको हो ।
प्रशान्त क्षेत्रको एल निनो मौसमी प्रक्रियाले तापक्रम बढ्दो क्रममा रहेको छ । यद्यपि, मानव निर्मित कारणले पनि तापक्रम वृद्धि भइरहेको विज्ञहरूको भनाई छ ।
औद्योगिकीकरण सुरु भए अघिको तुलनामा गत फेब्रुअरी महिना १.७७ डिग्री सेल्सियसले तातो थियो । यसअघि सन् २०१६ मा कायम गरिएको रेकर्डभन्दा यो ०.१२ डिग्री सेल्सियसले बढी हो । पश्चिम अस्ट्रेलिया, दक्षिण पूर्वी एसिया, दक्षिण अफ्रिका र दक्षिण अमेरिकामा अत्यधिक रूपमा तापक्रम वृद्धि देखिएको छ । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक