गण्डकी प्रदेश
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर
बिहीबार, २४ फागुन २०८०, १३ : २७

पोखरा । सरकारी जग्गा मिचेर निर्माण भएको संरचनामा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । पोखरा २ बेसी मार्गमा सरकारी जग्गामा व्यक्तिले संरचना बनाएपछि वडा कार्यालयको समन्वयमा डोजर लगाइएको हो ।
सरकारी जग्गा मिचेर बनाइएका १ सय मिटर क्षेत्रको अस्थायी संरचना हटाइएको वडाध्यक्ष दिवसमान प्रधानाङ्गले जानकारी दिए । ‘वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सार्वजनिक जग्गा मिचेर व्यक्ति र विद्यालयले वाल निर्माण गरेका थिए’, उनले भने, ‘जिल्ला नापी कार्यालय कास्कीको फिल्ड बुकमा यस स्थानमा सार्वजनिक बाटो कायम छ । सरकारी जग्गामा निर्माण भएका अस्थायी संरचना हटाउन सूचना प्रकाशित गरिए पनि नहटाएपछि हामीले नै हटाएका हौँ ।’
संरचना हटाइएको ठाउँमा महानगरले सडक निर्माण गर्ने जनाएको छ । सडक निर्माणको प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?