काँध फेर्ने छुट यो सरकारलाई छैन : महेश बर्तौला
बिहीबार, २४ फागुन २०८०, १२ : २०

काठमाडौँ । नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले सरकारलाई अब काँध फेर्ने छुट नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले संसदमा दलहरूको आसन परिवर्तन भएको, भूमिका फेरिएको भए पनि देशप्रतिको जबाफदेहिता नफेरिएको प्रस्ट पारे ।
‘जनताप्रतिको कर्तव्यमा बदलाव आएको छैन । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ,’ उनले भने ।
उनले यो सरकारलाई असफल हुने छुट नरहेको पनि बताए । ‘हिँड्दा हिँड्दै काँध गले पनि काँध फेर्ने छुट यो सरकारलाई छैन,’ उनले भने ।