रौतहटमा प्रतिबन्धित औषधिसहित एक पुरुष पक्राउ
बिहीबार, २४ फागुन २०८०, १२ : १७

रौतहट । रौतहटमा प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी टोलीले बुधवार राति विभिन्न प्रकारका प्रतिबन्धित औषधि सहित एक पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ५० वर्षीय रामप्रवेश साह कलवार रहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । कलवारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको श्रेष्ठले जानकारी दिए।
उनको साथबाट भारतमा निर्मित नेपालमा प्रतिबन्धित २२ प्रकारको औषधि र एउटा मोटरसाइकल बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए ।
बरामद औषधीसहित आजै कलवारलाई औषधि व्यवस्था विभाग वीरगन्ज पठाइने समेत डिएसपी खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ