खल्ती र गरिमा विकास बैंकबिच डिजिटल रूपान्तरणका लागि सम्झौता
बिहीबार, २४ फागुन २०८०, ११ : ५८

काठमाडौँ । डिजिटल वालेट खल्ती र गरिमा विकास बैंक लिमिटेडबिच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् ।
यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभी , इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् । बैंक बाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरूले खल्ती बाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन
-
विदेशी विद्यार्थीको कानुनी मान्यता अन्त्य गर्ने यस्तो छ ट्रम्प प्रशासनको योजना
-
रेशम चौधरी पक्राउ
-
असल र सफल मानिस बन्ने ९ सूत्र
-
बलिङ सल्लाहकारका रुपमा इङ्ल्यान्डको टोलीसँग जोडिँदै न्युजिल्यान्डका टिम साउथी
-
अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला