बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट काठमाडौँ आए दयाहाङ र मिरुना

बिहीबार, २४ फागुन २०८०, १० : ५५
बिहीबार, २४ फागुन २०८०

काठमाडौंँ । धेरै कलाकार आफु काठमाडौँ बाहिर भए फिल्मको प्रिमियरमा कमै उपस्थित हुन्छन् । तर अभिनेता  दयाहाङ राई र अभिनेत्री मिरुना मगर भने फिल्म ‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट आएका छन् । उनीहरू बुधबार साँझ राखिएको प्रिमियरका लागि मध्यान्न काठमाडौँ आएका हुन् ।

दयाहाङ र मिरुनाको फिल्म ‘घर ज्वाँई’को छायाङ्कन केही सातादेखि रुकुममा चलिरहेको छ । बीग मुभिजमा आयोजना भयो प्रिमियरमा सहभागी हुन फिल्मको छायाङ्कन रोकेर आएका हुन् । फिल्मको प्रिमियरका लागि यति लामो यात्रा ? रातोपाटीले दयाहाङलाई प्रश्न राखेको थियो । जवाफमा दयाहाङले आफ्नो फिल्मको प्रिमिएरमा कलाकारले जसरी पनि सहभागी हुनुपर्ने धारणा राखे । 

प्रिमियरका कलाकार सहभागी हुँदामा निर्माण युनिटमा हौसला मिल्ने उनले बताए । ‘प्रिमिएरका लागि भनेर हामी मंगलबार राती ११ बजे रुकुमबाट हिँडेका थियौँ । पोखराबाट भने प्लेनमा आयौँ,’ दयाहाङले भने ‘मिरुना २ दिनदेखि बिरामी छिन् । अनिदो अवस्थामा प्रिमियरमा आइपुगेका छौं ।’

अभिनेत्री मिरुनाले आफ्नो फिल्म हलमा लाग्न लागेको भन्दै खुशी व्यक्त गरिन् । फिल्मले दर्शकको मन जित्ने उनको विश्वास रहेको छ । साँझ ४ः३० भनिएको प्रिमियर प्राविधिक कारणले बेलुकी ८ बजे मात्र सुरु हुन पुगेको थियो । फिल्मको अवधि ३ घण्टा भएको प्रिमियर मध्य रातमा मात्र सकियो ।

फिल्मको प्रिमियरमा सहभागी भएर दयाहाङ र मिरुना बिहीबार बिहानै रुकुमतर्फ लागेका छन् । फिल्म ‘घर ज्वाँई’को छायाङ्कनलाई निरन्तरता दिन उनीहरू त्यसतर्फ लागेका हुन् ।

फिल्म ‘रङ्गेली’मा दयाहाङ र मिरुनाको मुख्य भूमिका छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा अर्पण थापा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको समेत अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता, विवेक खड्का (योलो) एशोसियट निर्माता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप