नवौँ फर्मा एक्स्पोको तयारी पूरा
![नवौँ फर्मा एक्स्पोको तयारी पूरा](https://npcdn.ratopati.com/media/news/nepal-farma-expo_E7giWWHC6F.jpg)
काठमाडौँ । चितवनमा हुने नवौँ फर्मा एक्स्पो २०२४ को तयारी पूरा भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौँ फर्मा एक्स्पो आयोजना गर्ने भएको हो ।
चितवन एक्स्पो सेन्टर भरतपुरमा शुक्रवारदेखि (२५ गतेदेखि २७ गतेसम्म) ‘नवौँ नेपाल फर्मा एक्स्पो–२०२४’ को तयारी पूरा भएको जनाइएको छ ।
नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नुका साथै नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्धतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको संघले जनाएको छ ।
सो एक्स्पोमा १६० वटा स्टल रहने छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत ९ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थ र नेपाली उद्योगले बनाएका औषधिको स्टल रहने जनाइएको छ ।
एक्स्पोको करिब २५ हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी हुँदैछ एक महिना लामो स्वस्थानी व्रतको समापन (तस्बिरहरू)
-
‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’
-
अवैध आप्रवासीहरूलाई अमेरिकाले हतकडी र नेल लगाएको विषयमा के भन्छन् विज्ञहरू ?
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना