बाँकेमा लुटेरा समूहको आक्रमणबाट एक जनाको मृत्यु
बिहीबार, २४ फागुन २०८०, १० : २९

बुटवल । बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समूहको आक्रमणबाट एक जनाको ज्यान गएको छ । गए राति ५-७ जनाको समूहमा लुटपाटका लागि आएकालाई प्रतिकार गर्ने क्रममा जानकी ३ रुद्रपुर नयाँ बस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लुटेरा समूहले उनलाई चिर्पटले आक्रमण गरेका थिए ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले सो समूहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजवंशी थारु पनि घाइते भएको बताए । लुटेराहरूले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।
खजुरा रोडबाट भित्री सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समूह आएको बताइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक