बेलिङह्यामलाई दुई खेलमा प्रतिबन्ध
मड्रिड । भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएका रियल मड्रिडका डिफेन्डर जुड बेलिङह्यामलाई ला लिगामा दुई खेलका लागि प्रतिबन्ध गरिएको छ । २–२ को बराबरीमा सकिएको उक्त खेलमा २० वर्षीय खेलाडीले इन्जुरी समयको छैटौँ मिनेटमा रियलका लागि विजयी गोल गरेको ठानेका थिए ।
तर, रेफ्री जिल मानजानोले क्रस अघि नै अन्तिम सिट्ठी फुकेका थिए । त्यस लगत्तै बेलिङह्यामसहित रियलका खेलाडीहरूले रेफ्रीलाई घेरेर असन्तुष्टि पोखेका थिए ।
स्पेनिस फुटबल फेडरेसन (आरएफईएफ) ले बेलिङह्यामले रेफ्री मोनजानोको अपमान र उपेक्षा गरेका बताएको छ । घाइते भएर मैदान बाहिर रहेका बेलिङह्याम सो खेलमा तीन हप्तापछि फर्किएका थिए ।
फेडरेसनको अनुशासन समितिले बेलिङह्यामलाई ६ सय युरो र रियललाई ७ सय युरो जरिवाना गरेको छ । रियलले बेलिङह्यामको रातो कार्डविरुद्ध अपिल समेत गरेको थियो । तर, अनुशासन समितिले सो अपिल खारेज गरेको छ ।
ला लिगामा प्रतिबन्ध खेपे पनि उनले बुधबार आरबी लेइपजिगविरुद्ध च्याम्पियन्स लिगअन्तरगत अन्तिम १६ को खेल भने खेलेका थिए । उनैको पासमा भिनिसियस जुनियरले गोल गर्दा रियल बराबरी खेल्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’