सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
![सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा](https://npcdn.ratopati.com/media/news/haland_rHqdJuOoZI.png)
काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो लेगमा पनि ३–१ कै जित निकालेको सिटीले समग्रमा ६–२ को जित निकाल्न सफल भयो । मंगलबार राति सिटीले खेलको पाँचौँ मिनेटमा अग्रता लिएको थियो । म्यानुएल अकांजीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनलाई जुलियन अल्भारेजले गोल गर्न महत्वपूर्ण सहयोग गरे ।
त्यसपछि ९ औँ मिनेटमा अल्भारेजले आफै गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो । तर, २९ औँ मिनेटमा मोहम्मद इलुनोसीले गोल गरेपछि एफसी कोपनहेगनले अन्तर २–१ मा झारेको थियो । तर, पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई ३–१ को सहज अवस्थामा लगे । दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि सिटीले समग्रमा ६–२ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।
यसैगरी अर्को खेलबाट स्पेनिस क्लब रियल मड्रिडले पनि अन्तिम ८ मा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइप्जिङसँग एक एक गोलको बराबरी खेले पनि पहिलो लेगमा जित हात पारेको रियललाई अन्तिम ८ मा पुग्न पर्याप्त भयो ।
पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो । मंगलबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दा रियल समग्रमा २–१ को नतिजाका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो । रियलले ६५ औँ मिनेटमा भिनिसियस जुनियको गोलमा अग्रता लिएको थियो । ६८ औँ मिनेटमा विल ओर्वनले लाइप्जिङका लागि बराबरी गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता